लकडाउनमा दुध विक्रि नभएपछि किसान चिन्तित – Nagarikabhiyan : National News

लकडाउनमा दुध विक्रि नभएपछि किसान चिन्तित

देवानगंज । सुनसरीको देवानगञ्ज गाउँपालिका ७ राजगञ्ज सिनुवारीका सयौं भैसी किसानको लकडाउनयता दुध विक्रि नभएकाले चिन्तित बनेका छन् ।

विश्वमै महामारीको रुपमा धारण गरेको कोरोनाभाइरस (कोभिड १९) बाट देवनागञ्जमा समेत प्रभाव परेकाले किसान चिन्तित बनेका छन् ।

सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै घोषणा गरेको लकडाउनले दुध विक्रि नभएकाले किसानको गोठमा समेत यसको असर देखा परेको हो । पशुपालक किसानले व्यावसायिक रुपमा पालन गरेका पशुका लागि दाना खरिद गर्न पाएका छैनन् भने कयौँले दुध बिक्री गर्न पाएका छैनन् ।

देवानगञ्ज गाउँपालिका ७ का किसान रामानन्द यादवले उत्पादन गरेको दुध संकलन गरेर बिक्री गर्दै आएको एक दुध संकलन गर्ने संस्थाले दुध नबिकेको भनेर लान छाडे पछि समस्या भएको बताउनुभयो ।

अविषेश पशुपालन कृषि फारमका संचालक महानन्द यादवले दुध विक्रि नभएपछि खेतबारीमा फाल्ने गरेको बताउनुभएको छ । यादवले दैनिक २० लिटर दुध दोहेर पोख्ने गरेको बताउनुभयो ।

पाडापाडी पिउन छाडे रोग लाग्ने डर , छिमेकीलाई दिउँ सबैलाई उही समस्या रहेकाले पोख्ने बाहेकको विकल्प नरहेको उल्लेख गर्नुभयो । दहियार र खरिदकर्ताले नै दुध बिक्री गर्न नपाएपछि किसानको दुध समेत नलगेकाले सडक र खेतबारीमा पोखेका छन् ।

यता इनरुवाको नवयुग दुध संकलन तथा विक्रि केन्द्रदे इनरुवा ९ बबियामा दुध संकलन गरेर विपन्न ५० परिवारलाई निःशुल्क दुध वितरण गरिरहेको संचालक गोविन्द पोखरेलले बताउनुभएको छ ।