लकडाउनको बीचमा ठूलो परिमाणको लागुऔषधसहित तीन युवा पक्राउ
२८ बैशाख २०७७, आईतवार १९:०८
इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाबाट ठूलो परिमाणको लागुऔषधसहित धरान र भोक्रहाका तीन युवालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको भोक्रहानरसिंहबाट प्रहरीले सनिबार जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले धरानका दुईसहित तीनजनालाई प्रक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपलिका ३ का राजकुमार मण्डल, धरानका ८ का २७ बर्षीय अजय श्रेष्ठ र अर्जुन कार्की रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसनर मण्डल विक्रेता र धरानका दुई युवा भने खरिद गरिरहेको पाइएको छ ।
मण्डलको साथबाट ३८४० क्याप्सुल ट्रोमाडोल र ४ बोतल डाईलक्स डिसी वरामद गरेको छ । १६ हजार ७ सय रुपिया नगद र १ थान मोवायल पनि वरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
मण्डलको साथबाट प्रदेश १–०२–०४०प ५३२७ नम्वरको मोटरसाईकल बरामद भएको छ । धरानका अजय र अर्जुनको साथबाट ५७ हजार ५ सय १० रुपैया नगद र २ थान मोवाइल पनि वरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरु लागुऔषध खरीद गर्न को २२ प ७३५३ नम्बरको मोटरसाईकल लिएर पुगेका थिए ।
आईतबार जिल्ला अदालतमा म्याद थप गरि कानुनी कारवाही अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया