एक्सनमा उत्रियो निर्वाचन आयोग, दुवै पक्षलाई बोलाईयो ! – Nagarikabhiyan : National News

एक्सनमा उत्रियो निर्वाचन आयोग, दुवै पक्षलाई बोलाईयो !

काठमाडौं । विवादका विषयमा निर्वाचन आयोगले केपी ओली र पुष्पकमल दाहाल–माधव नेपाल समूह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाको दुवै समूहसँग छलफल गर्ने भएको छ ।

आयोगले नेकपाका दुवै पक्षलाई छुट्टाछुट्टै पत्र लेखेर आज छलफलका लागि कार्यालयमा बोलाएको हो । आयोगले मतदाता नामावली र निर्वाचन केन्द्रका विषयमा छलफल गर्न आफूहरूलाई बोलाएको एक नेताले बताएका छन ।

आयोगले बिहान साढे ११ बजे दुवै समूहबाट पाँच–पाँच जनालाई छलफलका लागि बोलाएको छ ।