पत्रकार तथा साहित्यकारको निधन – Nagarikabhiyan : National News

पत्रकार तथा साहित्यकारको निधन

इनरुवा  ।  सहित्यकार, रेडियोकर्मी पत्रकार तथा गीतकार सरोज मण्डलको शुक्रवार विहान निधन भएको छ । सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिका ५, वसन्तपुर निवासी पत्रकार मण्डलको मृगौलाबाट पीडित भई उपचारको क्रममा निधन भएको हो ।

सदरमुकाम ईनरुवा स्थित रहेको पपुलर एफ एममा दशकदेखि मैथिली साहित्य, मधुर मिथिला कार्यक्रम संचालन गदै नेपाल र भारतका श्रोताहरु माझ चर्चित मण्डलको निधनले नेपाली पत्रकारिता र साहित्यमा अपुरणीय क्षती पुगेको नेपाल पत्रकार महासंघ प्रदेश १ का सदस्य जयकृष्ण यादवले बताउनुभयो ।

यादवले सहकर्मीको रुपमा केही वर्षसगैं काम गर्ने क्रममा मृदुभाषी, कर्मयोगी, इमान्दार, मिलनसार र कविता, गितमा नीकै रुची राख्ने भएकाले श्रोताको वीच निकै नै लोकप्रिय मण्डलको निधनले ममर्हात तुल्याएको बताउनुभयो ।

कयौ मैथिली गीतमा आफ्नो शब्द दिएर मैथिली श्रोता माझ अमर मण्डलको शरिर गएपनि योगदा युगौयुग रहने उहाँका सहकर्मीहरुले बताएका छन् ।
विगत दुई बर्ष देखि मृगौला रोगबाट पिडित मण्डलको उपचारको क्रममा विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा निधन भएको सहकर्मी विरेन्द्र मेहताले जानकारी दिनुभयो ।