ओलीले पशुपतिनाथमा बिशेष पूजा गर्नुकाे रहस्य खुलासा, होलान् त पापबाट मुक्त ? – Nagarikabhiyan : National News

ओलीले पशुपतिनाथमा बिशेष पूजा गर्नुकाे रहस्य खुलासा, होलान् त पापबाट मुक्त ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पुशपतिनाथ मन्दिरमा बिशेष पुजा गरेका थिए ।

यसबीच नेकपा प्रचण्ड माधव समूहका नेता भीम रावलले ओली अपराधको पाप पखाल्न पशुपतिनाथ मन्दिर पुगेको खुलासा गरेका छन् ।

बाजुराको कोल्टी संसद विघटनविरुद्धको विरोधसभामा नेता रावलले प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा पुगेर पूजा गरेको सन्दर्भमाथि कटाक्ष गर्दै यस्तो आरोप लगाएका हुन् ।

ओली सोमबार काठमाडौंस्थित पशुपतिनाथ मन्दिर गएर विशेष पूजापाठ गरेका थिए । तर उनले पशुपतिमा गएर बत्ती बाल्दैमा पाप नपखालिने जिकिर समेत गरे ।

उनले भने, ‘संसद विघटनको चौतर्र्फी बिरोध हुन थालेपछि आफूले गरेको असंवैधानिक कदमको पाप पखाल्न पशुपतिमा बत्ति बाल्न पुगेका छन् । तर यति ठूलो अपराध बत्ती बालेर पखालिँदैन ।’