रामधुनी नगरपालिकाको भौतिक निर्माणको कार्य धमाधम – Nagarikabhiyan : National News

रामधुनी नगरपालिकाको भौतिक निर्माणको कार्य धमाधम

इनरुवा । सुनसरीको रामधुनी नगरपालिकाले आफ्नो मूख्य कार्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थाको कार्यालय भवन सहित भौतिक निर्माणको कार्य अन्तिम चरणमा पुरयाएको जनाएको छ । सामाजिक परीक्षणको क्रममा नागरिक तथा नगरपालिकाले आर्थिक वर्ष २०७६।०७७ मा सामाजिक दायित्व निर्वाह गर्ने काम सहित निर्माणको कार्यमा समेत राम्रो प्रगति गरेको जनाएको छ ।
प्रत्येक वडा तथा नगरमा गरिएको रामुधनी नगरपालिकाले गरिरहेको कामको लेखाजोखा गर्ने क्रममा नगरपालिकालाई भौतिक पूर्वाधारमा अग्रसर बनाएको प्रतिकृया आएको हो । रामधुनीमा नगरपालिकाको आफ्नै मूख्य कार्यालयको भवन, पाँच वटा वडा कार्यालय भवन र तीन वटा स्वास्थ्य संस्था भवन निर्माण गर्न सफल भएको सामाजिक परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नगरपालिकाले आवश्यकतामा आधारित दुई वडा झोलुङ्गे पुल, आठ वटा कल्र्भट, सबै वडामा एजिङ्ग नाला निर्माणको गरेको जनाएको छ । रामधुनी ९ मा आधारभुत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको, रामधुनी ७ बक्लौरीको भाडामा रहेको स्वास्थ्य संस्था आफ्नै नयाँ भवनमा सञ्चालन गरेको, रामधुनी ५ मा कोभिड अस्पताल सञ्चालनमा ल्याएको, रामधुनी ४ मा स्वास्थ्य केन्द्रको भवन निर्माण भएको र उद्घाटनको पखाईमा रहेको छ ।
त्यसैगरी रामधुनी ६ बक्लौरीमा १५ सैयाको अस्पतालका लागि सिलान्यस भएको निर्माणको प्रयास जारी रहेको प्रतिवेदनमा भनिएको छ । त्यसैगरी रामधुनी २ र ९ को स्वास्थ्य संस्थाका लागि भवन निर्माणधिन अवस्थामा रहेको रामधुनीका नगर प्रमुख जयप्रकास चौधरीले जानकारी दिनुभयो ।
यसैबीच रामधुनीको ९ वटै वडामा स्वास्थ्य संस्था सञ्चालनमा ल्याएको, रामधुनी नगरपालिकाका स्वास्थ्य संस्थाले वडालाई खोप युक्त वडा घोषणा गर्न सफल सामाजिक परीक्षणले औल्याएको छ ।

रामधुनीलाई बालमैत्री नगर घोषणा स्वरुप बालबालिकाको सकृयतामा बाल पत्रिका नियमित रुपमा सञ्चालन भएको, श्रोतले भ्याएसम्म यस वर्ष ४२१ जनालाई प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा रोजगार दिएको, रामधुनीमा ९ वटै वडामा कच्ची बाटोहरुमा ग्राभेल भएको, ग्राभेलमा उच्चस्तरीय ग्राभेल र उच्चस्तरीय ग्राभेल भएको बाटोमा १८ किलोमिटर बढी कालो पत्रे गर्ने कार्यलाई निरनतराता दिएको छ ।रामधुनी ५ मा मात्रै उपभोक्ता समितिबाट ९ किलोमिटर कालोपत्रे भएको छ ।

यसैबीच रामधुनी नगरपालिकाले नगरलाई दिर्घकालिन सोचमा आधारित समृद्धिको मार्गप्रसस्त गर्न अगामी पाँच वर्ष भित्र दिगो शहरी विकासका लागि आवश्यक आर्थिक, सामाजिक, भौतिक, सांस्कृतिक तथा प्रशासनिक पूर्वाधारहरुको जग स्थापित भई अगामी २५ वर्षभित्र सुनसरी जिल्लाको एक सुविधा सम्पन्न समृद्ध रामधुनी नगरको रुपमा विकसित भएको हुनेछ भन्ने लक्ष्य लिएको छ ।

१, रामधुनी नगरपालिकाको मूख्य कार्यालयको भवन.

२, रामधुनी नगरपािलका ४ नम्बर वडा कार्यालय भवननिर्माण हुदै ।
३, शहरी स्वास्थ्य केन्द्र रामधुनी ४ को नयाँ कार्यालय भवन ।