कोरोनाबाट स्वास्थ्य मन्त्रालयकै कम्प्युटर अधिकृतको मृत्यु
१२ माघ २०७७, सोमबार १६:०३
काठमाडौं । कोरोना संक्रमणबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कम्प्युटर अधिकृत कृष्णगोपाल श्रेष्ठको निधन भएको छ । श्रेष्ठको उपचारका क्रममा (आज )सोमबार वीर अस्पतालमा निधन भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले श्रेष्ठको निधन भएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया