माधव नेपालमाथि सूर्य थापाको कटाक्ष : तेल दिँदा नखाने, कोल चाट्ने
१२ माघ २०७७, सोमबार १२:१८
काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमा थापाले एकीकृत पार्टीमा तेस्रो अध्यक्ष बन्न भन्दा नमानेको उल्लेख गर्दै ‘तेल दिँदा नखाएको, तर कोल चाटेको’ भन्दै व्यंग्य गरेका छन् ।
पहिले दरबारको पश्चिम ढोकामा नेपालले सभक्ति बिन्तिपत्र चढाउँदा प्रधानमन्त्री बन्न नपाएको र अहिले पनि स्वघोषित अध्यक्ष बनेको १ महिना ४ दिनमै अवैध घोषणा भएको थापाले फेसबुकमा उल्लेख गरेका छन् ।
‘ पहिले दरबारको पश्चिम ढोकामा सभक्ति बिन्तिपत्र चढाउँदा प्रधानमन्त्री बन्न नपाएको इतिहासकै पुनरावृत्ति । अहिले कार्की बैंक्वेटमा आयोजित प्रचण्डपथीय भेलाबाट स्वघोषित अध्यक्ष बनेको १ महिना ४ दिनमै अवैध घोषणा ।’ थापाले लेखेका छन्, ‘बुद्धिले अरूलाई खा, रिसले आफूलाई खा भनेको यस्तै भएर होला ! एकीकृत पार्टीको तेस्रो अध्यक्ष बन्न भन्दा मनले मानेन, तेल दिँदा नखाने कोल चाट्ने गर्दा त यस्तै हुन्छ नै ।मजाक – उधारो हुन्न, हाताहाती चाहिन्छ, पेरिसडाँडामा कुखुरी काँ ?’
हिजो र्निाचन आयोगले पुस ५ गतेयता विभाजित दुवै नेकपाले गरेको निर्णयलाई मान्यता नदिने भन्दै दुवै पक्षमा आधिकारिकता दाबी गर्दै आयोगमा बुझाएका कागजात अपुरो रहेको बताएको थियो । अनौपचारिक रुपमा फुटेपनि अयोगको यस निर्णयसँगै नेकपा कानूनी रुपमा फुटेको मानिँदैन ।द नेपालटप

फेसबुकबाट तपाईको प्रतिक्रिया