खोटाङमा भिरबाट लडेर जनप्रतिनिधिको मृत्यु – Nagarikabhiyan : National News

खोटाङमा भिरबाट लडेर जनप्रतिनिधिको मृत्यु

खोटाङ। खोटाङ साकेला–२ रतन्छामा भिरबाट लडेर स्थानीय जनप्रतिनिधिको मृत्यु भएको छ । साकेला–२ का वडा सदस्य ५७ बर्षीय रत्न प्रसाद फुयलको भिरबाट लडेर मृत्यु भएको हो ।

शनिवार साँझ आफ्नो घरबाट साकेला–२ मबु स्थित भाईको घरमा धामी बस्नका लागि जादै गरेको अवस्थामा एक्कासी खहरे खोलाको भिरबाट लडी अन्दाजी ३ सय मिटर तल खस्दा उनको घटनास्थलमानै मृत्यु भएको उनको पारिवारीक श्रोतले बताएको छ ।

उनि भिरबाट लडेको जानकारी पाउनसाथ प्रहरी चौकी रतन्छाबाट प्रहरी टोली घटना स्थलमा पुगी कानुनी कारबाही भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । मृतक फुयल तत्कालिन नेकपा माओबादी केन्द्रबाट निर्बाचित वडासदस्य रहेको खुल्न आएको छ ।