जसोतसो सांसद बनेको बामदेव निर्वाचन आयोगको सहयोगमा ‘प्रधानमन्त्री’ ! – Nagarikabhiyan : National News

जसोतसो सांसद बनेको बामदेव निर्वाचन आयोगको सहयोगमा ‘प्रधानमन्त्री’ !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली र प्रचण्ड दुई समुहमा विभाजित हुँदा तटस्थ रहेका बामदेवलाई फलिफाप हुने देखिएको छ ।

वरिष्ठ नेता गौतमले निर्वाचन आयुक्त दिनेश थपलियासँग नेकपा विभाजन गर्न नदिनेबारे कुराकानी गरेको खुलेको छ । यसअनुसार आयोग पनि अब नेकपा विभाजनलाई मान्यता नदिने गरी निर्णय गर्दै छ ।

आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपा लाई नै वैधानिकता र सुर्य चिन्ह दिने निर्णय गर्ने देखिएको छ । यो नै वरिष्ठ नेता वामदेवले खोजेको बाटो हो । यो भयो भने नेकपाका दुई समूह बढ्न खोज्दा उनीहरु कमजोर हुने सम्भावना छँदैछ । त्यतिबेला पनि वामदेवको भूमिकाको महत्वपूर्ण हुने देखिन्छ ।

यसैबीचको अवस्थामा बामदवेको महत्व बढेर उनको प्रधानमन्त्री बन्ने सपना पूरा हुने अवस्था नआउला भन्न सकिदैन ।