प्रचण्ड–माधव समुहको अर्को हाँस्यास्पद निर्णय – Nagarikabhiyan : National News

प्रचण्ड–माधव समुहको अर्को हाँस्यास्पद निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै निष्कासित गरेको छ ।

स्थायी कमिटीको आइतबार बसेको बैठकले ओलीलाई साधारण सदस्यबाटै हटाएको हो ।

यसअघि नै नेकपाको केन्द्रीय कमिटीको बहुमत सदस्य बसेर ओलीलाई हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाइसकेको छ । यस्तोमा अब, यदि चुनाव चिन्ह सुर्य पनि प्रचण्ड नेपाल समुहसँग गयो भने ओलीसँग कुनै विकल्प रहने देखिँदैन् ।

यसअघि ओलीलाई सदस्यबाट किन नहटाउँने भनेर स्पष्टीकरण सोधिएको थियो । तर, ओलीले जवाफ नदिएकाले केन्द्रीय कमिटीले दिएको अधिकार प्रयोग गरेर निस्काशन गर्ने निर्णय गरिएको प्रचण्ड समुहको भनाइ छ ।

बैठकले पार्टी कार्यालय सचिवमा गंगालाल तुलाधरलाई थपेको छ भने उपसचिवमा मोहन गौतमलाई मनेनित गरेको छ । यतिबेला प्रचण्डसमुह ओलीवरुद्ध आक्रमक छ ।

तर, नेकपाको भविष्य के हुन्छ भन्ने कुरा अझैं दुई महत्वपूर्ण बिन्दुमा अड्किएको छ । पहिलो सर्वाेच्चको निर्णय र दोस्रो निर्वाचन आयोगको निर्णय ।