नेपाल–चीन सीमा स्तम्भहरुको प्रतिवेदन माग गर्दै धर्ना
११ माघ २०७७, आईतवार १५:३१
काठमाडौं । चीनले नेपाली भुमी मिचेको अध्ययन प्रतिवेदन नेपाली कांग्रेसले पेश गर्दा पनि मौन बसेको सरकारलाई राष्ट्रिय अभियान नेपालले चुनौती दिएको छ ।
कम्युनिस्ट सरकारले नेपाल–चीन सीमाका बारेमा स्पष्ट जानकारी समेत सार्वजनीक नगरेपछि राष्ट्रिय अभियान नेपाल धर्ना बसेको हो ।
राष्ट्रिय अभियान नेपालले सीमा क्षेत्रका स्तम्भहरुको जीपीएस कोर्डिनेट तथा सुपरिवेक्षणको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माघ १३ गतेसम्म धर्ना कार्यक्रम गर्ने बताएको छ ।
नापी विभागसँग नेपाल–चीन सीमा स्तम्भहरुको जीपीएस कोओर्डिनेट, सीमा स्तम्भहरुको पछिल्लो सुपरिवेक्षणको माग गर्दै धर्ना बसेको अभियानका संयोजक विनय यादवले बताए । पटक–पटक माग गर्दा समेत विभागले विवरण नदिएपछि धर्ना बस्न बाध्य भएको उनले बताए ।
विभागको विवरणले चीनले भुमी मिचेको हो या हैन् ? वास्तविकता के हो भन्ने कुरा सार्वजनीक हुने उनको भनाइ छ । नेपाली काँग्रेसले चीनले नेपालको भूमि मिचेको कुरा प्रमाणसहित प्रतिवेदन तयार गरेको छ ।
सञ्चारमाध्यममा पनि पटक–पटक कुरा आएको छ तर सरकारले यसप्रति ध्यानै नदिने गरेको सर्वसाधरणको आरोप छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया