मुख्यमन्त्री राईले कसे लगनगाँठो – Nagarikabhiyan : National News

मुख्यमन्त्री राईले कसे लगनगाँठो

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आज विवाहवन्धनमा बाँधिएका छन् । ४९ वर्षिय राईको २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग आज विवाह भएको हो ।

बालुवाटारस्थित एलिश रिसेप्सन्समा विवाह समारोहको आयोजना भएको छ । विवाहमा अति निकटका सानो समूहलाई मात्र आमन्त्रण गरिएको छ । राईको विवाहमा सञ्चारकर्मीलाई पहुँच दिइएको छैन । विवाहमा बेहुला र बेहुली किराँती समुदायको मौलिक तथा परम्परागत भेषभुषामा सजिएका छन् । परम्परागत विधिबाट विवाह सम्पन्न भएको छ ।