योगेशले रोकेको हिमालय एयरलाइन्सले ग्राउण्ड ह्याण्डलिङ पाउने निर्णय भानुभक्तले अघि बढाए, वायुसेवा निगम सिध्याउने दाउ
१० माघ २०७७, शनिबार १९:४३
काठमाडौं। तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले रोक लगाएको हिमालय एयरलाइन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय नवनियुक्त मन्त्री भानुभक्त ढकालले कार्यान्वयन प्रक्रिया सुरु गरेका छन्।
स्वास्थ्य मन्त्रालयमा रहँदा कोभिड महामारीको बेला स्वास्थ्य सामग्री खरीद तथा अन्य प्रक्रियामा करोडौं घोटाला गरेर ‘गन्हाएकाु मन्त्री ढकालले पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेवितिकै यति ग्रुप र चिनियाँ स्वार्थमा ‘ग्राउण्ड ह्याण्डलिङ’को वायु सेवा निगमको स्वामित्वमा रहेको विमानस्थलमा जिम्मेवारी दिने निर्णय कार्यान्वयन प्रक्रिया सुरु गरेका छन् ।
यो निर्णय कार्यान्वयनमा आएसँगै नेपाल वायु सेवा निगमलाई करोडौं घाटा हुनेछ । त्यसै पनि घाटामा रहेको निगमलाई टाट पल्टाउने गरी केपी ओली सरकारका मन्त्री ढकालले प्रक्रिया अघि बढाएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतले जानकारी दिएको छ । संसद विघटनको तरल अवस्थाको फाइदा उठाउँदै यो निर्णय कार्यान्वयन गर्ने मन्त्री ढकालको दाउ छ ।
निर्णय कार्यान्वयनको प्रक्रिया सुरु भएसँगै हिमालयन एयरलाइन्सले चीनबाट बसहरु, सामानहरु र सम्बन्धित वस्तुजस्ता ग्राउण्ड ह्याण्डलिङ उपकरण ल्याउने प्रयास सुरु गरेको छ ।
तत्कालिन समयमा मन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सलाई ‘ग्राउण्ड ह्याण्डलिङ जिम्मा दिने निर्णय गर्दा नेपाल वायुसेवा निगमका कर्मचारी आन्दोलित भएका थिए । सर्वत्र विरोध भएपछि मन्त्री भट्टराई ब्याक भएका थिए । उनले निर्णय कार्यान्वयनमा रोक लगाएका थिए ।
हिमालय एयर लाइन्समा ३५ प्रतिशत नेपाली यति समूह र ६५ प्रतिशत तिब्बत एयरलाइन्सको शेयर छ । त्रिभुवन विमानस्थलमा हालसम्म निजी विमान कम्पनीलाई निशुल्क ग्राउण्ड ह्याण्डलिङको सुविधा दिइएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया