नेकपा भत्काउन प्रचण्डको यस्तो खेल, प्रभु साहले दिए देशमुक्त गर्ने चेतावनी
१० माघ २०७७, शनिबार १९:४१
काठमाडौं । शहरी विकासमन्त्री प्रभु साहले नेपाल कम्युनिस्ट पार्टी नेकपा यो अवस्थामा आउनुको दोष प्रचण्डनेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएका छन् ।
प्रचण्ड र माधव नेपालका कारण पार्टीको अहिलेको अवस्था आएको भन्दै उनले प्रचण्डमुक्त देश बनाउनुपर्ने चेतावनी समेत दिएका छन् ।
रौतहटको गौरमा आयोजित अगुवा कार्यकर्ता भेलामा ओली समूहका नेता समेत रहेका साहले वास्तविक माओवादीहरुले पार्टी एकता चाहेको, तर लामो प्रचण्ड पदको लोभमा डुबेको आरोप लगाए । प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने लोभले प्रचण्डले पार्टी एकता टुटाएको भन्दै उनले भने, ‘अन्तरघातीहरुलाई पाठ सिकाउनुपर्छ ।’
उनले प्रचण्ड(माधवहरुले प्रधानमन्त्रीलाई घेराबन्दीमा पारेर देश बर्बाद गराउन खोजेकाले ताजा जनादेशका निर्वाचनमा जानु भन्दा अर्को विकल्प नभएको मन्त्री साहले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया