संसद विघटन मुद्दामा कसको पक्षमा आउँछ फैसला? विपक्षी वकिल ‘होपलेस’, प्रधानमन्त्री ढुक्क
९ माघ २०७७, शुक्रबार १२:३०
काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा छ । अधिवक्ताहरुले बहस गरिरहेका छन् । न्यायाधीशले तिखा प्रश्न गरिरहेका छन् ।
तर अनौपचारिक मनस्थिति भने निवेदकहरुको कमजोर देखिन्छ । संसद पुनरस्थापनाका लागि अदालतमा निवेदन दिएका अधिवक्ताहरु निवेदकहरु पुनर्स्थापना हुनेमा शशंकित छन् । उनीहरु विघटन सदर हुने देखन्छन् ।
तर उल्ट्याउन प्रयास गरिरहेको कति सकिन्छ हेरौ भनिरहेका छन् । प्रधानन्यायाधीश तथा न्यायाधीशका प्रश्नले पनि विघटन सदर हुने जस्तो देखाउँछ ।
अर्कोतिर प्रधानमन्त्रीका अभिव्यक्तिले यहीँ संकेत गर्छ । उनी विघटन सदर हुनेमा ढुक्क छन् । त्यहीँ भएर धमाधम चुनावको तयारीमा लागिरहेका छन् । सर्वोच्च अदालत परिसरमा अनौपचारिक कुराकानीमा निवदेक पक्षमा वकिलहरुले निराशा व्यक्त गरिरहेका छन् । सामान्य मात्र होइन वरिष्ठ अधिवक्ता, महान्यायाधीवक्ता भइसकेका वरिष्ठ अधिवक्ताहरु पनि सदर हुने भन्ने कुराले चिन्तित छन् ।
अनौपचारिक कुराकानीमा उनीहरु उल्ट्याउन प्रयत्नशील छौं तर कतिको सकिन्छ हेरौं भनिरहेका छन् । यद्यपि फैसला आउन कम्तीमा १ हप्ता लाग्ने देखिन्छ ।
अन्यथा नभएमा सर्वोच्चका न्यायाधीशहरुले सदर गर्ने मन बनाएको बेन्चका प्रश्न तथा प्रस्तुतिबाट अनुमान गर्न सकिन्छ । यद्यपि समय बलवान हुन्छ । सदर होला कि संसद पुनर्स्थापना त्यो आउने दिनले अझै स्पष्ट पार्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया