प्रचण्ड माधव समुहलाई चक्मा दिँदै योगेश भट्टराईको यस्तो तयारी, बालुवाटारमा खुशियाली ! – Nagarikabhiyan : National News

प्रचण्ड माधव समुहलाई चक्मा दिँदै योगेश भट्टराईको यस्तो तयारी, बालुवाटारमा खुशियाली !

काठमाडौं । प्रचण्ड र माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराई प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपामा प्रवेशको तयारी गरेका छन् ।

सर्वोच्च अदालतको फैसला आउनेवित्तिकै भट्टराई प्रधानमन्त्री ओलीको समूहमा जाने तयारी गरेको स्रोतले जनाएको छ ।

भट्टराईले आफू निकटका केही नेताहरूसँग ओली समूहमा जानेबारेमा छलफल गरेको एक नेताले बताएका छन् ।

प्रधानमन्त्री ओलीले एउटा सार्वजनिक कार्यक्रममा भट्टराईलाई आफूले जिताएर ल्याएर मन्त्री बनाएको बताएका थिए ।

ओली असन्तुष्ट भएपछि भट्टराईले प्रचण्ड–माधव समूह छाडेर ओली समूहतिर जाने विषयमा छलफल चलाएका हुन् ।