जनतामा जाने कुरालाई प्रतिगमन भनियाे, हामीले प्रतिवाद गर्नुपर्छ : विष्ट
८ माघ २०७७, बिहीबार १५:०४
काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष महेन्द्र विष्टले संसद् विघटन गरी जनतामा जाने निर्णय अग्रगामी भएकाे बताएका छन् । ओली समूह निकट नेपाल प्रेस संगठन नेपालकाे दाेस्राे राष्ट्रिय भेलामा उनले भने, ” जनतामा जाने निर्णयलाई प्रतिगमन भनिएकाे छ । जनतामा जाने निर्णय प्रतिगमन नभइ अग्रगमन हाे । प्रतिगमन भनिएकाे छ । हामीले यसकाे प्रतिवाद गर्नुपर्छ ।”
विष्टले बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न नपाइने कुरा संविधानमा उल्लेख नभएकाे दावी गरे ।
उनले आधिकारिक नेकपा केपी ओलीकाे नेतृत्वमा रहेकाे भन्दै आफूहरु सम्मिलित प्रेस संगठन पनि मुधारकाे भएकाे दावी गरे ।रातोपाटी

फेसबुकबाट तपाईको प्रतिक्रिया