भारतीय प्राथमिकतामा नेपाल: कोभिड-१९ विरुद्धको दश लाख डोज खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
८ माघ २०७७, बिहीबार १२:४४
काठमाडौँ । भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ ।
भारतले उपलब्ध गराएको १० लाख डोज कोरोना खोप बिहीबार मध्यान्ह काठमाडौं आइपुगेको हो ।
खोप भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई केहीबेरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गर्ने कार्यक्रम छ ।
मन्त्रालयका अनुसार पहिलो चरणमा खोप स्वास्थ्यकर्मी तथा अग्रपंक्तिमा खटिनेलाई उपलब्ध गराइनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया