चिनियाँ ‘नाकाबन्दी’ ले ओली सरकार आजित, ठूलो एक्सन लिने चेतावनी!
७ माघ २०७७, बुधबार ०९:२५
काठमाडौं । उत्तरी छिमेकी चीनले नेपाली जनतालाई दु:ख दिएर आजित पारेपछि केपी शर्मा ओली सरकारले आपत्ति जनाएको छ ।
नेकपाको विवादमा प्रचण्ड र नेपाल समूहलाई समर्थन गरिरहेको चीनले नेपाली जनतालाई आहत हुनेगरी दु:ख दिएपछि ओली सरकारका प्रभावशाली मन्त्री लेखराज भट्टले चीनसँग व्यापार तोड्ने संकेत गरेका छन् ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भट्टले निर्यातमा चीनले दुःख दिएको बताउँदै सामान रोक्ने, महंगो भाडा लिने गरिएको र यस्तो पाराले चीनसँग व्यापार गर्न नसकिने उल्लेख गरेका हुन् ।
नेपाल इन्टरमोडल यातायात विकास समितिको २४ औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री भट्टले भने, ‘कोभिडको नाममा हाम्रो सामान रोकिएको रोकियै छ ।
हामी लागेको लाग्यै छौं । हिजो पनि मैले गम्भीरतापूर्वक छलफल गरेँ । अब के गर्ने ? यस्तो पाराले त चीनसँग हाम्रो व्यापारीको सामान १०–१० महिना भयो, हाम्रो सामान ल्याउन नदिने, कन्टेनरको भाडा महँगो लिने गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया