केन्द्रिय तथ्याकं विभागको प्रदेशस्तरीय लेखातथ्याकं सम्वन्धि कार्यशाला सम्पन्न – Nagarikabhiyan : National News

केन्द्रिय तथ्याकं विभागको प्रदेशस्तरीय लेखातथ्याकं सम्वन्धि कार्यशाला सम्पन्न

हेटोडा  । केन्द्रिय तथ्याकं विभागद्दारा प्रदेशस्तरीय लेखा सम्वन्धि सचेतना कार्यशाला गोष्ठी आज हेटौडामा सम्पन्न भएको छ ।

दुई दिने सो गोष्ठीमा राष्टिय लेखा तथ्याकंको परिचय , महत्व ,वार्षिक लेखा मापन गर्ने विधि ,वार्षिक कूल ग्राहथ्य उत्पादनको अनूमान विधि तथा महत्वको विषयमा जानकारी गराइएको थियो । साथै प्रदेश स्तरीय कूल ग्राहस्थ्य उत्पादन अनमानको विधि ,प्रादेशिक राष्टिय लेखा तथ्याकं मापन विधि तथा त्यसका स्रोतहरु ,राष्टिय लेखाका तथ्याकंका स्रोतहरु र प्रदेश तथ्याकंदाताको भूमिका र राष्टिय लेखा तालिमको विषयमा कार्यशालामा सहभागिहरुलाई तालिम दिइएको जिल्ला तथ्याकं कायाृलयका प्रमुख राजेश दासले वताउनुभयो ।

उक्त कार्यशालामा केन्द्रिय तथ्याकं विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारी विभागका अधिकृतहरु प्रभा वराल तथा गंगाराम भटराईले सहजीकरण गर्नुभएको थियो ।

कार्यशालामा वागमती प्रदेश सरकारको मंत्रालय उचस्तरीय कार्यालय ,स्थानीय तहका कार्यालयका पदाधिकारी, विभिन्न कयाम्पसका प्राध्यापक र विधालयका सिक्षक को सहभागिता रहेको थियो ।