बसन्तपुरमा राहत वितरण
६ माघ २०७७, मंगलवार १२:१४
लौकही । सुनसरीको कोसी गाउँपालिका वडा नम्बर–१ लौकहीका पसल गर्दै आउनुभएका अर्जुन गुप्ताले हरिनगर गाउँपालिका ५ बसन्तपुरका अग्निपीडितहरुलाई राहत वितरण गर्नुभएको छ । आगलागीपीडितहरुलाई मंगलबार जनही एक÷एक बोरा चामल, भुजा, दाल, नुन, खाने तेल मसला, बिस्कुट, ब्रस र जिविया तथा साबुन लगातका सामानहरु वितरण गर्नुभएको हो ।
हरिनगर गाउँपालिका वसन्तपुर–५ का रमेश मण्डल, विवेक मण्डल, मोहन मण्डल, प्रितिचन्द (पृथ्वी) मण्डल र पशुपति मण्डललाई राहत सामग्री उपलब्ध गराउनुभएको हो । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका १० का व्यपारी बच्चा प्रसाद गुप्ताका छोरा हाल कोशी गापा १ मा न्यू लक्ष्मी किराना पसलका सचालक समेत रहुनभएका अर्जुन प्रसाद गुप्ताले हरिनगर ५ बगालि टोलका अग्नि पीडितहरु पीडामा रहत गर्न राहत बितरण गर्नुभएको छ । मगलवार पाचैजना परिवारलाई राहतका सामानहरु बितरण गरेको जनाएको । 
१, मंगलबार सुनसरीको हरिनगर ५ बसन्तपुरमा राहत वितरण गर्दै कोशी गापा १ लौकहीको न्यू लक्ष्मी किराना पसलका सचालक अर्जुन प्रसाद गुप्ता ।
तस्बीर ः जयकृष्ण यादव । इनरुवा

फेसबुकबाट तपाईको प्रतिक्रिया