ओलीले घोषणा गरेको चुनाव लड्ने रमेश खरेलको घोषणा, ठूलै नेतालाई दिँदैछन् चुनौती !
५ माघ २०७७, सोमबार ११:०३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेर वैशाखमा तोकेको निर्वाचनको धेरैले विरोध गरिरहेका बेला इमान्दार छविका पूर्व डीआईजी रमेश खरेलले भने समर्थन जनाएका छन् ।
उनले वैशाखमा हुने चुनावमा आफूले भाग लिने घोषणा गरेका छन् ।
एपीवान टेलिभिजनमा पत्रकार समा थापासँगको कुराकानीमा खरेलले ९० प्रतिशत नेताहरु अपराधिक र भ्रष्टाचार पृष्ठभूमिबाट आएको भन्दै तिनीहरुलाई पाखा लगाउन आफू चुनाव लड्ने बताए ।
उनले आफ्नो घर काभ्रे भए पनि जुनसुकै ठाउँबाट पनि लड्ने बताए । सबैभन्दा भ्रष्ट टप ५ मध्येको नेतासँग आफूले प्रतिस्पर्धा गर्ने खरेलले जानकारी दिए । ‘पार्टी खोल्न सकेन भने पनि स्वतन्त्र लड्छु ।
म हेर्छु नेपाली जनता के चाहन्छन्? परिवर्तन भएका छन्? म मात्रै होइन १६५ क्षेत्रबाटै लड्ने उम्मेदवार हामी बनाउँछौं,’ उनले भने ।
खरेलले प्रचण्डको चितवन होस वा माधव नेपाल रौतहट लगायत ठूला नेताविरुद्ध लड्ने संकेत गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया