‘केटाकेटीको मेहनतबाट खडा भएको व्यवस्थामै यहाँले कुर्सी प्राप्त गर्नुभएको हो’
४ माघ २०७७, आईतवार ०७:५१
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले आफूलाई ‘केटो’ भनेर सम्बोधन गर्ने प्रधानमन्त्री केपी ओलीलाई जवाफ फर्काएका छन् ।
कामचलाउ प्रधानमन्त्री ओलीले शनिबार काठमाडौंको तीनकुनेमा आयोजित आफ्नो समूहको नेकपा प्रदेश एक सम्पर्क कमिटीको भेलामा नेता भट्टराईलाई ‘केटो’ भनेर सम्बोधन गरेका थिए । ‘आफैंले नेता र मन्त्री बनाइदिएको केटोले अहिले आफैंलाई लात हानेर हिँड्यो’ भनेर ओलीले कार्यक्रममा टिप्पणी गरेका थिए ।
पूर्वएमाले खेमाका नेता भट्टराई अहिले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नेतृत्वको नेकपामा लागेपछि ओली रुष्ट भएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया