माघे संक्रान्तिः साधुसन्तलाई मिष्ठान भोजन न्यानो कपडा – Nagarikabhiyan : National News

माघे संक्रान्तिः साधुसन्तलाई मिष्ठान भोजन न्यानो कपडा

राजविराज। माघे संक्रान्तिका पर्वको अवसरमा राजविराजमा आज साधुसन्तहरुलाई मिष्ठान भोजन र न्यानो कपडा बितरण गरिएको छ ।

नेपाल अग्रवाल सभा राजविराजले गजेन्द्र नारायण सिँह अस्पतालका बिरामीहरुलाई फलफुल तथा असहाय, अपाङ, बृद्धबृद्धा, साधुसन्त लगायतलाई मिष्ठान भोजन, न्यानो कपडा र मास्क बितरण गरेर माघे संक्रान्ति पर्व मनाएका छन् ।

असहायलाई मिष्ठान भोजन गराएर न्यानो लुगा, मास्क र दक्षिणा समेत बितरण गरिएको नेपाल अग्रवाल सभाका अध्यक्ष मनोज कुमार अग्रवालले जानकारी दिनुभयो ।

सो क्रममा अग्रवाल सभामा आवद्ध पदाधिकारी तथा यूवाहरुले करिब ५ सय जना असहायलाई मिष्ठान भोजनसहित साधुसन्तलाई न्यानो कपडा र मास्क बितरण गरेका हुन् ।

यसअघि सभाकै अगुवाईमा स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालका बिरामीहरुलाई फलफुल तथा न्यानो लुगा समेत बितरण गरिएको छ ।

बितरण कार्यक्रममा सभाका निवर्तमान अध्यक्ष धनश्याम बजाज, कोषाध्यक्ष सुरेश अग्रवाल, लालु अग्रवाल, सुरेश रुङटा लगायत सहभागि थिए ।