दृष्टिविहीन शर्माले ५१ औं पटक गरे रक्तदान – Nagarikabhiyan : National News

दृष्टिविहीन शर्माले ५१ औं पटक गरे रक्तदान

विराटनगर । दृष्टिविहिन एक पुरुषले आज ५१ औ पटक रक्तदान गरेका छन् ।
नेपाल कम्यूनिस्ट पार्टीनेकपा) विराटनगर–११ कमिटीद्वारा आयोजित रक्तदानमा विराटनगरका ४२ बर्षिय चिरन्जीवी शर्माले उक्त रक्तदान गरेका हुन ।
शर्माले तीन  महिना भित्र खेर जाने रगतले समुदायमा रहेका विरामीलाई   प्रयोग गर्न पाउँदा ज्यादै नै खुशी लाग्ने गरेको बताउदै  मोरङको विभिन्न क्षेत्रमा हुने रक्तदान कार्यक्रममा यसरी नै सहभागी हुने गरेको जानकारी दिनु भयो ।
नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीले रक्तदान दान जीवन दान भएकोले कोभिड–१९ को महामारीमा रक्तदान कम भइरहेको यस समयमा  रक्तदान कार्यक्रमको आयोजनाबाट सामाजिक कार्यमा ठूलो कार्य गरेको विचार राख्नु भयो ।    उहाँले अशक्त रोगी, विरामीको सेवाका लागि प्रत्येक तीन÷तीन महिनामा रक्तदान गर्न सवैलाई आग्रह गर्नु भयो ।