शुक्रबारसम्म तराईमा हुस्सु लाग्ने – Nagarikabhiyan : National News

शुक्रबारसम्म तराईमा हुस्सु लाग्ने

देवानगञ्ज । आउँदो शुक्रबारसम्म तराईमा बाक्लो हुस्सु लाग्ने पूर्वानुमान गरिएको छ ।

तराईका अधिकांश जिल्लामा सोमबारदेखि लागेको बाक्लो हुस्सु कम्तीमा शुक्रबारसम्म कायम रहने सम्भावना रहेको मौसमविद वरूण पौडेलले जानकारी दिएका छन् ।

बाक्लो हुस्सु र शीतका कारण तराईको जनजीवन कष्टकर रहेको छ । बिहान अबेरसम्म घरबाहिर निस्कन नसक्दा दैनिक ज्याला मजदूरी गर्नेहरूलाई गुजारा चलाउन मुस्किल परेको हो ।

तराईका अधिकांस जिल्लामा बाक्लो हुस्सु लाग्दा आन्तरिक उडान पनि प्रभावित छ । मौसममा बदली आएपछि उपत्यकामा पनि चिसो महसुस हुन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको अधिकतम तापक्रम १८ डिग्री सेल्सियसको हाराहारीमा रहेको छ ।

महाशाखाले जारी गरेको दिनको पूर्वानुमानमा आज र भोलि प्रदेश १ र गण्डकी प्रदेशको एकाध ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।