ओलीको साइबर सेनाले गर्याे भीम रावल माथि आक्रमण, अछाम पुगेर बाेल्न सके ! – Nagarikabhiyan : National News

ओलीको साइबर सेनाले गर्याे भीम रावल माथि आक्रमण, अछाम पुगेर बाेल्न सके !

काठमाडाैं । नेकपा प्रचण्ड–नेपाल पक्षका नेता भीम रावलले प्रधानमन्त्री ओलीको साइवर सेनाले उनको किड्नीका बारेमा आफुमाथि प्रयोजित आरोप लगाएको बताएका छन् ।

शुक्रबार अछाम काठमाडौं सम्पर्क मञ्चले गरेको बृहत कार्यकता भेलामा बोल्दै नेता रावलले यस्तो बताएका हुन् ।

नेता रावलले सुदुरपश्चिम कमिटीको खाता हिनामिना गरेको आरोप लगाएरु केपी ओलीको साइबर सेनाले आफुलाई बदनाम गराउन लगाएको समेत बताए ।

३० लाख रुपैया दुरुपयोग नहोस् भनेर खाता व्यवस्थीत गर्दा आफुलाई नियोजित आरोप लगाइएको उनले बताएका छन् ।

उनले पार्टी विभाजन गर्ने मुख्य व्यक्ति प्रधानमन्त्री केपी ओली भएको आरोप समेत लगाएका छन् ।

नेता रावलले ओलीले झुटा र भ्रष्टाचारीलाई संरक्षण दिएको बताएका छन् ।  ओलीले प्रचण्डलाई हेग पठाउछु भन्दै आएको समेत रावलको दाबी छ । नेपालपानाबाट