न्यायालय नै विघटन गर्दै ओली, देशकाे भविष्य के हुन्छ ? – Nagarikabhiyan : National News

न्यायालय नै विघटन गर्दै ओली, देशकाे भविष्य के हुन्छ ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयलाई प्रभावित पार्ने सार्वजनिक अभिव्यक्ति दिँदै हिँडेको नेकपा स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ ले बताएका छन् ।

आफ्नो व्यक्तिगत मनोकांक्षा सिद्ध गर्न अलोकतान्त्रिक र असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेका ओलीले न्यायालय समेत विघटन गर्न खोजेको नेता पुनले बताएका हुन् ।

नेता पुनले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्ने चार पूर्वप्रधानन्यायाधीशलाई धम्की दिएकामा पनि आक्रोश व्यक्त गर्दै यस्तो बताएका हुन् ।

ओलीले राज्य शक्तिको दुरुपयोग गरेर न्यायालय विघटन गर्न सक्ने भन्दै उनले सचेत रहन न्यायपालिकाको नेतृत्वलाई आग्रह गरे । ‘केपी ओलीले संसदमा दुई तिहाइ बहुमतसहितको विशाल पार्टी र प्रतिनिधिसभा  विघटन गर्ने दुस्साहस गर्नुभएको छ ।’

नेता पुनले भने,  ‘आफूले भनेजस्तो नहुँदा न्यायालयलाई पनि विघटन गर्ने, स्वतन्त्र न्यायालयप्रतिको जनआस्थालाई विघटन गर्ने, न्यायपालिकाप्रतिको विश्वास घटाउने प्रयत्न गरिाख्नुभएको छ’, नेकपाको प्रचण्ड–माधव नेपाल पक्षीय मजदुरहरुको उपत्यकास्तरीय प्रशिक्षण कार्यक्रममा मन्त्री पुनले भने, ‘न्यायपालिकालाई धम्क्याउने, दबाब दिने र षड्यन्त्र गर्ने गतिविधि जारी छन् । यसमा न्यायमुर्तिहरु सचेत रहनुपर्छ ।