माधव र पूर्वमाओवादी निकट मन्त्रीकै सहमतिमा संसद विघटन गरिएको खुलासा, प्रचण्डको दबाबमा राजीनामा दिन बाध्य भए!
२६ पुष २०७७, आईतवार १८:५२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको सर्वसम्मत निर्णयबाट प्रतिनिधिसभा विघटन गरेको खुलासा भएको छ ।
राष्ट्रियसभाको आइतवारको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयले प्रतिनिधिसभा विघटनको सिफारिस भएको खुलासा गरेका हुन् ।
‘केही साथीहरुले यस्तो गर्न हुन्छ र भनेर सोध्नुभएको थियो। मैले कन्भिन्स गरेपछि मान्नु भयो। निर्णय भएर सिफारिस भएपछि केही साथीलाई कसैले ताने होलान्,’ उनले भने, ‘सर्वसम्मत निर्णय भएर सिफारिस गरेको हो।’
ओलीले प्रचण्डको दबाबमा मन्त्रीहरुले मन नहुँदा पनि राजीनामा दिएको पनि दाबी गरे । मन्त्रिपरिषद्को प्रतिनिधिसभाको विघटनको निर्णय गरेसँगै माधव र प्रचण्ड निकट सात मन्त्रीले राजीनामा दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया