प्रदेश -१ काे राजधानी बिराटनगरमा प्रचण्ड–नेपाल समूहका विद्यार्थीले निकाले बयलगाडासहित र्याली – Nagarikabhiyan : National News

प्रदेश -१ काे राजधानी बिराटनगरमा प्रचण्ड–नेपाल समूहका विद्यार्थीले निकाले बयलगाडासहित र्याली

बिराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा नेकपाको प्रचण्ड–माधव पक्षका विद्यार्थी संगठन(अनेरास्ववियु)ले प्रदर्शन गरेको छ । प्रचण्ड–नेपाल समूहको नेकपा आवद्ध अनेरास्ववियुका विद्यार्थीहरुले बिराटनगर काेे ट्रफिक चौक सहित बिभिन्न ठाउँमा बयलगाडा सहितको र्याली निकालेका छन् ।

महेन्द्र चौक र ट्रफिक चौक हुदै रोडसेस सम्म र्याली निकालि उनीहरुले बयलडाडासहित ल्याएर  रोडसेसमा  प्रधानमन्त्री केपी ओलीको पुतला दहनसमेत गरेका हुन् । सोही अभिव्यक्तिको व्याङ्ग्य गर्न अनेरास्ववियूले आइतबार राजधानीसहित देशका विभिन्न स्थानमा बयलगाडा प्रदर्शन गरेको हो ।उनीहरुले प्रधानमन्त्रीले चालेको असंवैधानिक संसद विघटनको विरोधमा यस कार्यक्रम गरेको जनाएका छन् ।

तस्बिर : रन्जित शर्मा