प्रचण्ड–नेपाल समूहका विद्यार्थीले निकाले बयलगाडासहित र्याली
२६ पुष २०७७, आईतवार १७:१२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा नेकपाको प्रचण्ड–माधव पक्षका विद्यार्थी संगठन(अनेरास्ववियु)ले प्रदर्शन गरेको छ । प्रचण्ड–नेपाल समूहको नेकपा आवद्ध अनेरास्ववियुका विद्यार्थीहरुले काठमाडौंको थापाथलीमा बयलगाडासहितको र्याली निकालेका छन् ।
थापाथलीबाट र्याली निकालि उनीहरुले बयलडाडासहित ल्याएर माइतिघर मण्डला नजिकै प्रधानमन्त्री केपी ओलीको पुतला दहनसमेत गरेका हुन् । सोही अभिव्यक्तिको व्याङ्ग्य गर्न अनेरास्ववियूले आइतबार राजधानीसहित देशका विभिन्न स्थानमा बयलगाडा प्रदर्शन गरेको हो ।उनीहरुले प्रधानमन्त्रीले चालेको असंवैधानिक संसद विघटनको विरोधमा यस कार्यक्रम गरेको जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया