प्रधानमन्त्रीले राष्ट्रिय सभाको रोस्ट्रममै थुकेपछि…
२६ पुष २०७७, आईतवार १६:४५
काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा सम्बोधनका क्रममा रोष्टममा थुकेका छन् । उनले आइतबार राष्ट्रिय सभामा बोल्ने क्रममा रोस्ट्रमको भूइँतिर फर्किएर थुकेका हुन् ।
पार्टीमा देखिएको विवाद, पूर्वन्यायाधीशरुको विज्ञप्ति, प्रतिनिधिसभा विघटनको विषयमा बोल्दै गर्दा प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा थुके।
प्रधानमन्त्री ओलीले भाषणको बीचमा रोस्ट्रममा नै माइकबाट यसो छेउ लगाएर थुकेपछि यसको आलोचना सुरु भएको छ। प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा रोष्टमबाट थुकेको विषयलाई अशिष्ट भन्दै सामाजिक संजाल र मिडियामा आलोचना शुरु भएको हो। उहाँकाे भिडियाेकाे टिकटक समेत बनाइएको छ । प्रधानमन्त्री ओलीले नेपालको परराष्ट्र सम्बन्ध र छिमेकी मुलुकको परराष्ट्र सम्बन्धका बिषयमा चर्चा गर्दै गर्दा थुक्नु भएको थियो । राष्ट्रिय सभाको यो अधिवेशन आजैबाट सरकारको सिफारिशमा राष्ट्रपतिले अन्त्य गरेकी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया