ओली बाठो स्याल बन्न खोजे : अध्यक्ष नेपाल – Nagarikabhiyan : National News

ओली बाठो स्याल बन्न खोजे : अध्यक्ष नेपाल

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी )नेकपा) प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाठो स्याल बताएका छन् ।

आइतबार बिहान जनकपुरमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले प्रधानमन्त्रीले आफूलाई बाठो स्याल ठानेको बताए । उनले ओलीले चालेका प्रतिगामी कदमविरुद्ध आन्दोलनको आँधीबेहरी ल्याएर मदन भण्डारी फाउन्डेसन गुटलाई सफाया गर्नुपर्ने बताए । अध्यक्ष नपालले संविधानलाई कुल्चने, लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशीकरण, कम्युनिस्ट सिद्धान्तलाई समाप्त गर्ने काम जनताले कुनै पनि हालतमा स्वीकार नगर्ने बताए ।