आफ्नै गृहजिल्लामा लखेटिइन् पद्मा अर्याल – Nagarikabhiyan : National News

आफ्नै गृहजिल्लामा लखेटिइन् पद्मा अर्याल

स्याङ्जा। कृषी मन्त्री पद्मा कुमारी अर्याल आफ्नै गृहजिल्लामा लखेटिएकी छन् ।

नेकपा ओली समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्न गृह जिल्ला आएकी मन्त्री  अर्याल  तरुणदल तथा नेविसंघले कालोझण्डा देखाएका हुन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार भइरहेको विरोध प्रदर्शनमा मन्त्री अर्याललाई कांग्रेसका कार्यकर्ताहरुले कालोझण्डा प्रदर्शन गरेका हुन् ।

सो क्रममा मन्त्री अर्याल मुल बाटोको विरोधसभालाई छल्दै भित्रीबाटोबाट नेकपाले आयोजना गरेको कार्यक्रमस्थलमा गएकी थिइन्

कालोझण्डा देखाउने तरुण दल तथा नेविसंघका नेता कार्यकर्ता र प्रहरीबीच सामान्य झडपसमेत भएको थियो।