फरार अभियुक्त सार्वजनिक
२४ पुष २०७७, शुक्रबार १९:१२
राजविराज । १२ बर्षदेखि ज्यान मार्ने उद्योग मुद्यामा फरार रहेका एक ब्यक्तिलाई सप्तरी प्रहरीले पक्राउ गरि आज सार्वजनिक गरेको छ ।
राजविराजस्थित जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा कंचनरुप नगरपालिका वडा नं. ५ बस्ने ३८ बर्षिय गोरिया भन्ने बीरेन्द्र मलाहलाई ज्यान मार्ने मुद्दा अभियुक्ततमा पक्राउ गरिएको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिनुभयो ।
पक्राउ परेका मलाहलाई २०६९ साल पुस महिनामा जिल्ला अदालतले उनलाई ५ बर्ष कैद सजाय तोकिएको थियो । त्यसपछि उनी फरार रहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया