प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्रीलाई पठायो संविधान
२४ पुष २०७७, शुक्रबार १३:५२
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पठाएको छ ।
देश भरिका जिल्ला प्रशासन कार्यालयमार्फत उक्त समूहले विरोधपत्रसहित नेपालको संविधानसहित पठाएको हो । नेपालको संविधानमा कही कतै बहुमतप्राप्त दलका प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने अधिकार उल्लेख नभएको भन्दै प्रचण्ड-नेपाल समूहले अध्ययनका लागि संविधान पुस्तक पठाएको बताइएको छ ।
त्यस क्रममा जिल्ला जिल्लास्थित नेकपाको कार्यालयबाट निस्केको प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्ता सम्मिलित जुलुसले नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाएका थिए । हेर्नुहोस् तस्बिर :


द नेपालटपबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया