नेकपा प्रचण्ड र माधव समूहले आज नागरिक समाजसँग व्यापक अन्तर्क्रिया गर्दै
२३ पुष २०७७, बिहीबार ०९:५८
काठमाडौं । नेकपाको पुष्पकमल दाहा प्रचण्ड र माधव नेपाल समूहले संसद विघटनविरुद्ध दोस्रो चरणको ओन्दोलनको कार्यक्रमअन्र्तगत आज नारिक समाजसँग अन्तर्क्रिया गर्दै छ । प्रधानमन्त्री केपी ओलीको कदमबारे नारिक समाजको राय लिन आज प्रचण्ड–माधव समूहले अन्तर्क्रिया गर्न लागेको हो ।
दोस्रो चरणको कार्यक्रमअन्र्तगत आज नागरिक समाजसँग व्यापक अन्र्तक्रिया गर्न लागेको नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले बताए । प्रतिनिधि सभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने प्रधानमन्त्री ओलीको कदमसँगै अनौपचारिक रुपमा विभाजित भएको नेकपाको प्रचण्ड–माधव समूह अहिले निरन्तर आन्दोनमा छ ।
प्रधानन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै संसद पुनस्र्थापनाको पक्षमा यो समूहले पहिलो चरणको आन्दोनको कार्यक्रम सम्पन्न गरेर दोस्रो चरणको कार्यक्रम घोषणा गरेको थियो ।
पार्टी कार्यालय पेरिसडाँडामा पौष १८ मा बसेको प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले पहिलो चरणको कार्यक्रम उत्साहजनक भएको निष्कर्ष निकाल्दै दोस्रो चरणको कार्यक्रम घोषणा गरेर संघर्षका कदम चालिरहेको हो ।
यस समूहले दोस्रो चरणको आन्दोलनका कार्यक्रम २३ माघ सम्मको लागि तय गरिसकेको छ ।
ओलीको कदम संविधान, लोकतन्त्र र संघीयता नै समाप्त पार्ने किसिमको ठहर गर्दैै नेपाली कांग्रेस, जनता समाजवदी पार्टी लगायत विभिन्न राजनीतिक दल पनि आन्दोलनमा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया