गढीमा प्यापसनको राहत सहयोग
२१ बैशाख २०७७, आईतवार १७:३५
इनरुवा । सुनसरीको गढी गाउँपालिकालाई राहत वितरणमा सहयोग गर्ने गरि निजी तथा आवासिय विधालयहरुको संगठन प्याप्सनले रकम सहयोग गरेको छ ।
गढी गाउँपालिकालाई प्यापसनले राहत रकम ३५ हजार रुपियाँ हस्तान्तरण गरिएको जनाएको छ । उता कोरोना भाइरसको महामारीले गर्दा धरान उपमहानगरपालिकाको आन्तरिक स्रोत अनुमान गरेभन्दा आधा मात्रै सङ्कलन भएको छ ।
कोरोनाका कारण फागुनयता ठप्प भएपछि धरान उपमहानगरले अनुमान गरेभन्दा आधा मात्रै संकलन भएको हो । धरान नगरसभाले ४२ करोडको हाराहारीमा आन्तरिक स्रोत अनुमान गरेको थियो ।
चालु आर्थिक वर्षको तेस्रो चौमासिक बित्दा करिब २० करोडको हाराहारीमा मात्रै सङ्कलन भएको छ । यो हिसाबमा आधा बजेट नै कटौती हुने सम्भावना बढेको धरान उपमहानगरका प्रमुख तिलक राईले जानकारी दिनुभयो ।
चालु बजेटमा आन्तरिक आय ४२ करोड अनुमान गरिएकोमा अहिलेसम्म २० करोड मात्रै सङ्कलन गरेको स्थिति रहेको जनाएको छ । राईका अनुसार अब ढुङ्गागिटी, बालुवाबाट एकढेड करोड आउन सक्ने सम्भावना छ । यहीस्थिति रहिरहे आन्तरिक आम्दानी आधामात्रै पुग्ने अनुमान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया