मन्त्रीका लागि ओलीलाई खुसी पार्न गोविन्द केसीको खोइरो खन्ने योगेशको सरकारबाट हटेपछि प्रममाथि विषवमन !
२२ पुष २०७७, बुधबार ०९:१७
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराई हाल प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भइरहेका छन् ।
कुनै समय मन्त्री बन्नका लागि प्रधानमन्त्री ओलीलाई खुसी पार्न चिकित्सा शिक्षा सुधारका लागि लड्दै आएका योगेशलाई ओलीले नै मन्त्री बनाएका हुन् ।
यद्यपि उनी पार्टी विभाजन र संसद विघटनको कारण सरकारबाट हट्न बाध्य भए । जसले आफ्नो सरकारमा मन्त्री बनाएर पूर्वमन्त्रीको ट्याग लगाउने बनायो त्यसलाई नै योगेश अहिले विषवमनमा उत्रिएका छन् ।
कहिले प्रधानमन्त्री ओलीलाई मानसिक सन्तुलन गुमाएको भनिरहेका छन् भने कहिले पूर्वराजा ज्ञानेन्द्र शाहको पथमा लागेको भन्दै आएका छन् ।
मंगलबार बानेश्वरमा पत्रकारहरुसँग भट्टराईले पश्चगामी कदम चालिरहेका ओली ज्ञानेन्द्रको पथमा हिँडेको आरोप लगाए ।
‘उहाँ निकटकाहरुले संघीयता नै खारेज गरिदिनुहोस्, लोकप्रिय हुनुहुन्छ भनेको सुनिदैछ । त्यो भनेको ज्ञानेन्द्र पथ नै हो’, भट्टराईले भने । प्रतिक्रान्ति र पश्चगमनतर्फ लागेकाहरुलाई ओलीले नेतृत्व गरेको उनले बताए ।
‘संसद विघटनको विरुद्धमा, संघीयता, गणतन्त्र र संधिवानको पक्षमा हामी उभिएका छौं । हामी अग्रगमण पक्षधर हौं’, भट्टराईले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया