स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
२० पुष २०७७, सोमबार ११:३१
काठमाडौं । स्रोत नखुलेको एक करोड ४७ लाख रुपैयाँसहित एकजना भारतीय नागरिक काठमाडौंबाट पक्राउ परेका छन् ।
कपिलवस्तुबाट निजी गाडीमा काठमाडौं आएका ३० वर्षीय अमितकुमार थापालाई प्रहरीले आज बिहान चार बजेतिर पक्राउ गरेको हो । उनी सवार गाडी चलाउने चालकलाई पनि प्रहरीले पक्रेको छ । यस घटनाबारे आज दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिने नेपाल प्रहरीको तयारी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया