प्रचण्डका लागि ठूलो हृदय देखाए प्रधानमन्त्री ओलीले, दिए यति ठूलो अफर ! – Nagarikabhiyan : National News

प्रचण्डका लागि ठूलो हृदय देखाए प्रधानमन्त्री ओलीले, दिए यति ठूलो अफर !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूह एउटा अन्तिम अफर गरेका छन् ।

ओलीले ठूलो हृदय देखाउँदै असन्तुष्ट समूहलाई पार्टीको बैठकमा उपस्थित हुन आह्वान गरेका हुन्।

अनेरास्ववियुको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा ओलीले महत्वाकांक्षा र पदलोलुप त्यागेर आउनुस् क्षमा दिन्छु भने । ‘फेरि पनि आग्रह छ, पार्टीका मिटिङमा आउनुस् ।

तपाईहरुले गरेका अपराधहरु क्षमा गरौला आउनुस्,’ उनले भने । ‘प्रचण्डजीले कार्यकारी दिँदा अत्यन्त उपद्रो मच्चाउनुभयो । त्यहीँ भएर कार्यकारीबाट हटाए । अध्यक्ष कायमै छ । वरिष्ठ नेताहरुको पद यथावत छ । प्रवक्ता ले ट्याउ ट्याउ गरे । दुर्गन्ध फैलाए । त्यहीँ भएर हटाइएको हो । स्थायी कमिटी सदस्य कायमै छ । आउनुस् सच्चिएर काम गर्नुस् ।

पार्टीबाट निकालेको छैन । कारवाही गरेका छैन । अलिकति क्षमाशील हनुपर्छ । हामी क्षमाशील छौं,’ ओलीले भने।