चट्याङ्ग लागेर ज्यान गुमाएका चार परिवारलाई सरकारद्धारा चेकहस्तान्तरण – Nagarikabhiyan : National News

चट्याङ्ग लागेर ज्यान गुमाएका चार परिवारलाई सरकारद्धारा चेकहस्तान्तरण

राजविराज । प्रदेश सरकारले सप्तरीमा चट्याङ्ग लागेर ज्यान गुमाएका चार परिवारलाई सरकारको तर्फबाट जनही रु एक लाख रुपैयाँको चेक आज हस्तान्तरण गरिएको छ ।

सप्तरीको राजविराज स्थित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहको सम्पर्क कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच पीडित परिवारलाई मन्त्री साहले चेक हस्तान्तरण गर्नुभएको छ ।

जिल्लाको महादेवा गाउँपालिकाका वडा नम्वर २ का २७ वर्षीय बेचन यादव र ६० वर्षीय नकछेदी ठाकुर, डाक्नेश्वरी नगरपालिका ९ का ३० वर्षीया ललितादेबी यादव र राजगढ गाउँपालिका वडा नम्वर ४ का केसीलाल साहका परिवारजनलाई मन्त्री साहले प्रदेश सरकारको तर्फबाट उनीहरुलाई जनही रु एक ÷एक लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।

गत असार ११ गते हावाहुरी र बर्षा संगै परेको चट्याङ्ग लागेर ज्यान उनी चारै जनाको बिभिन्न ठाउँमा एकै दिन मृत्यु भएको थियो ।

त्यस्तै निर्वाचन नम्बर २ (क) अन्तर्गतका १५ ओटा विद्यालयहरुलाई एक/ एक थान थर्मलगन समेत उपलब्ध गराएका छन् ।

निर्वाचन क्षेत्र नम्वर (क) अन्तर्गत पर्ने सम्पूर्ण प्राथमिक, आधारभूत तथा माध्यमिक विद्यालयहरुलाई एक /एक थान थर्मलगन उपलब्ध गराउने मन्त्री साहले प्रतिवद्धता जनाउनुभयो ।

कोरोना संक्रमणको अवस्था अझै नटरिसकेकोले शिक्षक तथा विद्यार्थीहरुको तापक्रम जाँच गर्न सामुदायिक विद्यालयहरुलाई थर्मलगन सहयोगी सिद्ध हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्यद्वय विदेश्वर यादव (विक्की), नेत्रविक्रम साह, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार प्रसाद यादव लगायतको उपस्थिति थियो ।