प्रचण्ड-नेपाल समुह पुनः पार्टीमा, ओलीले भने- ‘ केन्द्रीय कमिटीभन्दा माथि जान दिन्न’
१८ पुष २०७७, शनिबार १८:५१
काठमाडौं। विभाजित नेकपाका ओली पक्षका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल-नेपाल पक्ष पुनः पार्टीमा फर्किने बताएका छन् । प्रधानमन्त्री ओलीले दाहाल(नेपाल पक्ष पार्टीमा फर्किदा अब, उपद्रोह मच्चाउन नदिने र थन्कोमा राख्ने बताएका हुन् ।
शनिबार ओलीपक्षीय नेकपाको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोनध गर्दै उनले पार्टीमा फर्किएकाहरुलाई केन्द्रीय कमिटीभन्दा माथिल्लो तहमा नराखिने बताए । ‘अब उहाँहरूलाई थन्कोमा राखिन्छ’, ओलीले भने ।
यसबाहेक ओलीले प्रचण्ड दाहालपक्षलाई दुई अंकको सिट जितेर देखाउन चुनौती दिएका छन् । ओलीले भने, ‘कमसेकम दुईटा अंकसम्मको सिट ल्याएर देखाउनुस्, दुईटा अंक’, उनले भने ।
ओलीले अर्का समूहले असली हामी हौं भनेर निवेदन हालेको भनेर निर्वाचन आयोगबाट शुक्रबार एउटा पत्र प्राप्त भएको पनि बताएका छन् । उनले अघि भने, ‘असली र नक्कली भन्न यो बरमझियाको बुढाको पेडा पसल हो ? ’

फेसबुकबाट तपाईको प्रतिक्रिया