प्रचण्ड माधव समुहलाई फेरी झट्का: अर्का ठुला नेता ओली समुहमा लागेपछी खुमलटारमा खैलाबैला! – Nagarikabhiyan : National News

प्रचण्ड माधव समुहलाई फेरी झट्का: अर्का ठुला नेता ओली समुहमा लागेपछी खुमलटारमा खैलाबैला!

बुुटवल । लुम्बिनी प्रदेशमा पूर्वमाओवादी निर्वाचित सांसद् दधिराम न्यौपाने ओली पक्षमा खुलेर लागेपछि खैलाबैला मच्चिएको छ ।

रुपन्देही १ (ख) बाट निर्वाचित सांसद न्यौपाने नेकपा (केपी ओली पक्ष) मा लागेपछि प्रचण्ड–माधव नेपाल पक्ष थप चिन्तित बनेको छ भने ओली समुह हर्षित भएका छन् ।

केन्द्रमा पार्टी बिभाजित भएसँगै सांसदहरु तानातानमा परेको अवस्थामा प्रदेशको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति समेत रहेका न्यौपानेले आफू अहिले सरकार पक्षतिर लागेको बताए ।   उनले भने, ‘को कता भनेर अबिर टीका लगाएर पार्टी प्रवेश गर्ने  बिषय भएन । सर्मथन सडकमा गर्ने कि सरकारलाई गर्ने भन्ने हो । मैले अहिले सरकारलाई समर्थन गरेँ, अरु जिल्लास्तरमा साथीहरु पनि मसँगै सरकारको समर्थनमा जानु भयो ।’

न्यौपाने रुपन्देहीको तिलोत्तमामा पूर्वमन्त्री घनश्याम भुषाल प्रमुख अतिथि बनेको भेलामा पुगेर सम्वोधन नै गरेका थिए ।