९७ प्रतिशत कोरोना संक्रमित निको भए – Nagarikabhiyan : National News

९७ प्रतिशत कोरोना संक्रमित निको भए

देशभर कोरोना संक्रमितमध्ये ९७ प्रतिशत निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको अध्यावधिक विवरणअनुसार २ लाख ६१ हजार १९ जना कुल संक्रमितमध्ये २ लाख ५३ हजार १०७ जना निको भएका छन् । यस्तै संक्रमितमध्ये १८६४ जनाको मृत्यु हुँदा अहिलेपनि ६ हजार ४८ जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ५ हजार २२५ जनाको पीसीआर परीक्षण हुँदा ४२६ जना संक्रमित भएका छन् । यस्तै ७४८ जना निको भएको पनि मन्त्रालयले जनाएको छ ।
यसैबीच बितेको २४ घण्टामा ८ जनाको मृत्यु समेत भएको छ ।