आउनुस्, ओली नेतृत्वमा पुनः चुनावमा जाऊँः शंकर पोखरेल – Nagarikabhiyan : National News

आउनुस्, ओली नेतृत्वमा पुनः चुनावमा जाऊँः शंकर पोखरेल

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अब प्रतिनिधिसभा पुन स्थापना सम्भव नभएकोले चुनावको तयारी अगाडि बढाउन आह्वान गरेका छन्। दाङमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री पोखरेलले केपी ओलीको नेतृत्वमा एकजुट भएर चुनावमा जान आग्रह गरेका हुन्।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी अघोषित रूपमा विभाजन भएको छ। स्रोत : लोकपाटीबाट नेकपा विभाजित अवस्थामा रहेको बेला पोखरेलले पुनः ओलीको नेतृत्वमा चुनावमा जान आग्रह गरेका हुन्। प्रचण्ड-नेपाल पक्ष ओली नेतृत्वमा नआए पश्चात्ताप गर्नुको विकल्प नरहने उनको भनाई छ।

पोखरेलले भने,‘फेरि पनि म भन्छु कमरेड प्रचण्ड र माधव नेपाल आउनुस्, प्रथम अध्यक्षको हैसियतमा केपी ओलीले कसैलाई कारबाही गर्नुभएको छैन। अहिले पनि केपी ओलीको नेतृत्वमा प्रचण्ड पनि हुनुहुन्छ, माधव नेपाल पनि हुनुहुन्छ। बरु उहाँहरूले केपी ओलीलाई कारबाही गर्नुभयो। यसले एकताको पक्षमा को रहेछ भन्ने देखियो।’

प्रचण्ड-नेपाल पक्ष ओली नेतृत्वमा नआए पार्टी एकता पुनः कायम हुने पोखरेलको भनाई छ। उनले भने,‘नचाहिँदो काम नगर्नुस्। पार्टी एकतालाई कमजोर पार्ने काम फिर्ता लिनुस्। फेरि पनि चुनावमा जाने हो पार्टी एकता सम्भव छ। भाँचिएका मन जोड्न सकिन्छ। एकजुट भएर चुनावमा जाऊँ, सम्भव छ।’