प्रदेशलाई कृषि मार्फत समृद्ध बनाउने योजना : मन्त्री साह
१७ पुष २०७७, शुक्रबार ११:०६
राजविराज । प्रदेश २ का भूमि, ब्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेशलाई कृषि मार्फत समृद्ध बनाउन प्रदेश स्तरिय एकिकृत योजना ल्याउन लागिएको बताउनुभएको छ ।
सप्तरीको राजविराजमा आज जिल्ला सहकारी संघ लिमिटेडको १२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रदेश २ का भूमि, ब्यवस्था, कृषि तथा सहकारी मन्त्री साहले किसानलाई प्रोत्साहन गर्न उनीहरुको उत्पादन सरल र सहज रुपमा बजारसम्म पु¥याउने र प्रदेशका मुख्य सहरहरुमा सहकारी पसल संचालनमा ल्याउने तयारी समेत अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
मन्त्री साहले दर्ता गरेर मात्र बसेका सहकारी संस्थाहरुको संख्या अधिक रहेको भन्दै कमजोर अवस्थामा रहेका सहकारी संस्थालाई मर्ज गर्ने योजना समेत अगाडी बढाइएको बताउनभयो ।
प्रदेशलाई कृषि मार्फत समृद्ध बनाउन प्रदेश स्तरिय एकिकृत योजना अन्तरगत सिरहाको गोलबजारमा प्रदेश स्तरिय सहकारी तालिम केन्द्र, पशुपालन ब्यवसाय तथा श्रोत केन्द्र निर्माणका लागि रु १ सय ६५ विगहा जग्गा खरीद गरिसकिएको जानकारी दिदै प्रदेश २ लाई सहकारी मैत्री प्रदेश बनाउने योजना रहेको उहाँले बताउनुभयो ।
मन्त्री साहले प्रदेश नं. २ को ८ वटै जिल्लामा शितभण्डार निर्माण, पावर प्लान्ट निर्माणका साथै दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध किसानलाई प्रति लिटर २ रुँपैया अनुदानदेखी कोरोनाको मारमा परेका किसानलाई ४ महिनासम्मको ऋणको ब्याज मिनाहा लगायतका किसान मैत्री कार्यक्रमहरु समेत अघि बढिसकेको छ उहाँले भन्नुभयो ।
प्रदेश २ मा ७ हजार भन्दा बढी रहेका सहकारी संस्थाहरु मध्ये धेरै जसो सहकारीताको मर्म बमोजिम सन्तोषजन ढंगले अझै काम गर्न नसकेको भन्दै उद्देश्य अनुसार काम गर्न दवाव दिने उद्देश्यले पनि यस्तो योजना बनाइएको उल्लेख गर्नुभयो ।
सहकारीको मर्म अनुसार काम नगरेका त्यस्ता सहकारी संस्थाहरुको दर्ता नै खारेज गर्ने गरि योजना बनाएको उहाँले बताउनुभयो ।
जिल्ला सहकारी संघका अध्यक्ष बिनोद दत्ताको अध्यक्षतामा आयोजित वार्षिक साधारणसभा उद्घाटन समारोहमा राष्ट्रिय सहकारी संघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, त्रियुगा सहकारी संस्थाका अध्यक्ष शम्भु बहादुर खडका, जसपा प्रदेश २ का सचिव दिनेश यादव, जिल्ला सहकारी संघकी प्रवक्ता माला कर्ण, पत्रकार बैजनाथ झालगायतले पनि बोल्दै कृषि क्षेत्रको विकासका लागि केन्द्र, प्रदेश र स्थानिय गरि तीनै तहका सरकार समन्वय र सहकार्य गरि अघि बढ्नु पर्नेमा जोड दिएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया