तेल ट्यांकरले ठक्कराट किशोरीको मृत्यु
१४ पुष २०७७, मंगलवार ११:०९
राजविराज । पुर्व–पश्चििम राजमार्ग अन्र्तगत सप्तरीको भारदहमा आज साँझ तेल ट्यांकरले ठक्कर दिँदा साइकलमा सवार एक किशोरीको मृत्यु भएको छ मृत्यु हुनेमा जिल्लाको तिरहुत गाउँपालिका ३ का देव नारायण दासकी १३ बर्षिया छोरी लक्ष्मी कुमारी रहेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।
पूर्वबाट पश्चिम तर्फ जादै गरेको ना ४ ख ३७३३ नम्बरको ट्यांकरले उनलाई ठक्कर दिएको थियो ।
दुध बोकेर साइकलमा बाटो काट्ने क्रममा लक्ष्मीलाई ट्यांकरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भिर घाइते भएकी किशोरीको विराट नर्सिङ्ग होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया