राष्ट्रपति र प्रधानमन्त्रीलाई चिनियाँ टोलीले दियो यस्तो दबाब, आन्तरिक राजनीतिमा ठाडो हस्तक्षेपमा उत्रियो चीन
१३ पुष २०७७, सोमबार १२:५०
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री गुओ येझाउको चिनियाँ प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको छ । दुबै जनालाई आइतवार भेटेको हो ।
आइतवार आएको टोलीले नेपाली सुरक्षा प्रबन्धलाई अस्वीकार गर्दै गोप्य रुपमा गरेको भेटमा नेकपा विभाजनबारे गम्भीर छलफल भएको सुत्रहरुबाट बुझिएको छ । चिनियाँ टोलीले एकताबद्ध पार्टी आफूहरुको चाहना रहेको बेइजिङको सन्देश सुनाएको थियो । टोलीले विभाजन हुन नदिन दबाब दिएको बुझिएको छ । विभाजन उन्मुख हुँदा हतार हतार आएको टोलीले राष्ट्रपतिलाई एकताका लागि भूमिका खेल्न र कुनै हालतमा विभाजन हुन नदिन दबाब दिएका छन् ।
त्यसैगरी ओलीलाई पनि विभाजनभन्दा पनि एकतातिर केन्द्रीत हुन दबाब दिएको स्रोतले बतायो । चिनियाँ टोली कुनै हालतमा पार्टी विभाजन हुन नदिने रणनीतिका साथ काठमाडौं उत्रिएको सम्बद्ध स्रोत बताउँछन् । नेकपा एकताको हुनुभन्दा अगाडिसमेत यो टोली नेपाल आएको थियो।
तर एकता जोगाउने नाममा प्रधानमन्त्री ओलीले स्वविवेकले चालेको कदममा यसरी चीन आएर हस्तक्षेप गर्नु सार्वभौमसत्तामाथि ठाडो हस्तक्षेप भएको परराष्ट्र मामिलाका जानकार बताउँछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया